काठमाडौँ । सरकारले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया