सुकुम्बासीमाथि कारबाही गर्दा सरकारको पूर्वतयारी पुगेनः महामन्त्री पौडेल


ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री पौडेलले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए ।

‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्’ उनले भने ।

महामन्त्री पौडेलले सुकुम्बासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको भनाई नभएको र सबै सुकुम्बासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।