कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।