सरकारी ठेक्का ह्याक प्रकरणमा थप दुई निर्माण कम्पनीका संचालक पक्राउ


काठमाडौं । विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरेर ठेक्का हत्याउने थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना छन् ।

शुक्रबार सीआईबीले कालिका कन्ट्रकसनका सञ्चाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता विक्रम पाण्डे र भीषण कन्ट्राक्सनका टंककुमार श्रेष्ठ पक्राउ गरेको थियो । सीआईबीका अनुसार, यो प्रकरणमा हालसम्म १० जना पक्राउ परिसकेका छन् ।