संसदीय दलको नेता चयनका लागि कांग्रेसले बोलायो बैठक


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

कार्यसम्पादन समितिको बैठकलगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए । बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।