काठमाडौं । श्रम संस्कृति पार्टी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको पक्षमा उभिएको छ ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष पार्टी अध्यक्ष हर्क साम्पाङले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगका आधारमा समावेशी प्रकार र चरित्रको हुनुपर्नेमा उनले जोड दिएका छन् ।
यस्तो छ श्रम संस्कृति पार्टीको प्रस्ताव
१. जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी प्रमुख, राष्ट्रपति !
२. सरकार गठन गर्दा निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरुलाई लिएर मन्त्रिपरिषद गठन गरिने
३. मन्त्रिपरिषद चुन्दा सबै जाति समुदाय र लिंगका आधारमा समावेसी प्रकार र चरित्रका चुन्नु पर्ने
व्यवस्थापिकाको कामः
१. सरकार संचालनको कार्यविधि तय गर्ने, कानुन तय गर्ने ।
२. सरकारको काम सम्बन्धित कार्यविधि मुताविक भए नभएको अध्ययन गर्ने, मूल्याङ्कन गर्ने, र निरीक्षण गरी सरकारलाई सुझाव दिने ।
३. कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने ।
४. कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने ।
५. संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त बन्ने !
पूर्ण समावेशी राज्य प्रणालीः
१. सबै जातजातिका नागरीकहरुलाई राज्यमा सबै अङ्गहरुमा सहभागी गराउने । राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्र सबै तिर सहभागी गराउने ।


प्रतिक्रिया