बङ्लादेशमा डुङ्गा डुब्दा कम्तीमा १७ जनाको मृत्यु


बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको डुङ्गामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएका बताइएको छ ।