काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाका विद्यालयमा वैशाख १५ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको फोरमको बैठकले वैशाख ११ बाट भर्ना अभियान सुरु गर्ने र १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको अध्यक्ष चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्रअनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न÷गराउन काठमाडौँ उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयानुसार उपत्यका भित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो ।’
यससँगै संघीय सरकारले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको मेयर्स फोरमले जनाएको छ। संघीय सरकारले वैशाख १५ बाट भर्ना र वैशाख २१ बाट पठनपाठन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया