काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक विदेशमन्त्री समिर पल कपुर र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेट ‘आर्थिक सहकार्य केन्द्रित’ रहेको मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालमा अमेरिकी लगानी बढाउने विषयमा छलफल भएको थियो ।
आर्थिक सहकार्यका विषयमा केन्द्रित भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधि पनि उपस्थित थिए । उपसहायक विदेशमन्त्री कपुरले मंगलबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए ।
सोमबार नेपाल आएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया