रास्वपाले प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी तोकेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।