काठमाडौँ । शेयर प्रकरणका कारण विवादमा परेका गृहमन्त्री सुदन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही नरोकिने बताएका छन् ।
शेयर प्रकरणका कारण आफ्नो धेरै आलोचना भएपछि सोमबार राति सामाजिक संजालमार्फत गृहमन्त्रीले दिनमा ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको नदेखेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।’

प्रतिक्रिया