काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका गभर्नर लायन रत्न प्रसाद पराजुलीले लायन वर्ष २०२६÷२७ को कार्य विभाजन गरेर जिम्मेवारी बाँडफाँट गरेका छन्।
शनिबार प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालको प्रमुख आतिथ्यता र गभर्नर धनीराम बरालको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा लायन वर्ष २०२६/२७ का गभर्नर पराजुलीले लायन सदस्यहरुलाई जिम्मेवारी तोकिदिएका हुन्।
गभर्नर पराजुलीले डिष्ट्रिक्टको नै महत्त्वपूर्ण पद क्याबिनेट सेक्रेटरीमा विकास भुर्तेल, क्याबिनेट ट्रेजररमा माधव पाण्डे र डिष्ट्रिक्ट चिफ एड्भाईजरमा शिवराज आचार्यलाई मनोनीत गरेका छन्।
“मानवताका लागि एकता“ नारा लिएर लायन वर्ष २०२६/२७ मा उदाउँदै गरेका गभर्नर पराजुलीले समाज सेवाको दुनियाँमा आफ्नो कार्यकाल स्वर्णयुगका रूपमा स्थापित गराउने सपना सजाएको बताए।
एक्लै गन्तव्यमा पुग्न सम्भव नभएको बताउँदै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका सम्पूर्ण लायन सदस्यहरुसंग काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने प्रण गरे।
त्यस्तै डिष्ट्रिक्टका विभिन्न क्लबहरुमा आवद्ध लायन सदस्यहरुलाई विभिन्न पदहरुमा रहेर कार्य गर्नका निम्ति जिम्मेवारी समेत बाँडफाँट गरेका छन्।
जस अनुसार लायन्स क्लव अफ काठमाडौ कुलदेवता क्लव वाट चिफ काउन्सिलरमा ला. टंकनाथ पौडेल,न्ति डिस्ट्रिक कोअर्डिनेटरमा ला. राजेन्द्र कुमार विसुराल,डिपार्टमेन्ट चिफमा ला. भुपराज काफ्ले,डिपार्टमेन्ट चिफमा ला. दुर्गा विसुराल,रिजन चियरपर्सनमा ला. जनक राज पाठक,सिनियर पिआरवमा ला. नेत्र प्रसाद भट्टराई,अिष कोअडिनेटरमा ला. हरिन्द्र घिमिरे र डिस्ट्रिक लिगल एडभाइजर वागमती मा ला. श्रृषिमाया पोखरेल लाई मनोनयन गरेका छन् ।
“यसरी पद बाँडफाँट गर्दा गतवर्ष भन्दा कसैलाई तल र कसैलाई माथि हुनसक्छ त्यसबाट नै विचलित भएर कार्य सम्पादनमा असहयोग गर्न हुँदैन नत्र गभर्नरको वार्षिक कार्ययोजना नै सफल हुननसक्ने अवस्था आउने विशेष अतिथि पूर्व गभर्नर भिमलाल पौड्यालले बताए।
जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण लायन सदस्यहरु तथा पदाधिकारीलाई उच्च मनोबलका साथ उत्कृष्ट कार्य सम्पादन गर्न पिएमसिसि लायन गिरधारी शर्मा, पूर्व गभर्नर महेन्द्र पौडेलले शुभकामना दिएका थिए।
सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन बलराम सुवेदीले कार्यक्रममा उपस्थित भएर सफल बनाउने सम्पूर्ण लायन सदस्यहरुलाई धन्यवाद दिदै आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्नका निम्ति अनुरोध गरेका थिए।
प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले आफूलाई अन्तर्राष्ट्रिय सामाजिक सेवागर्ने संस्था लायन्स क्लबको सदस्य भएकोमा गर्व लाग्ने बताए। लायन्स मित्रहरू नै वास्तविक आफ्नो परिवार भएको अनुभुती हुनेगरेकोपनि भुसालले बताए।
कार्यक्रममा बोल्दै गभर्नर धनिराम बरालले आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्ने हो भने डिष्ट्रिक्ट विश्वमा नै उत्कृष्ट बन्न सक्ने र गभर्नरको कार्यकाल सफल हुने बताए। क्लबलाई उत्कृष्ट बनाउन सेवाका कार्य गर्नुका साथै क्लबले बुझाउनु पर्ने शुल्कपनि समयमा नै बुझाउन गभर्नर बरालले सुझाए।
फस्र्ट डिष्ट्रिक्ट भाइस गभर्नर किशोर बरालले मनोनीत क्याबिनेटका पदाधिकारीहरुलाई आफूले प्राप्त गरेका जिम्मेवारी पुरागर्ने क्षमताको विकासका लागि यही वैशाख २५,२६ र २७ मा चितवनको सौराहामा हुने क्याबिनेट पदाधिकारी प्रशिक्षणमा सहभागी हुन अनुरोध गरेका छ।

प्रतिक्रिया