काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्प्तालबा डिस्चार्ज भएका छन् । गत साता त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएका ओली शनिबार साँझ डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले ओलीलाई डिस्चार्ज गरेको हो ।
गत चैत १४ गते ओलीलाई प्रहरीले पक्राउ गरेको थियो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले ओलीलाई पक्राउ गरेको थियो । स्वास्थ्यको कारण देखाउँदै ओली सोही दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्चको आदेशमा उनी चैत २४ गते थुनामुक्त भएका थिए । तर पित्तशैलीमा पत्थरी भएकाले शल्यक्रिया गर्न अस्पतालमै थिए ।

प्रतिक्रिया