काठमाडौं । महानायक राजेश हमाल र अभिनेतृ करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।
गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । भिडियोमा खिम बहादुर थापा निर्माता रहेका छन् । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया