नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

अनुशासन समितिको बैठक आज बिहान ११ र कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले बैठक बोलाएको हो । समितिले खड्कालाई कारबाहीको निर्णय गर्न सक्ने बताइएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यता कार्यसम्पादन समितिको बैठकले भने संसदीय दलको नेता चयनका विषयमा छलफल गर्ने बताइएको छ ।