काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छन् । मंगलबार बिहान ८ः५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन् ।
हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला कर्मचारी हुन् । विश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यही सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्नेछिन् ।
यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो ।
सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया