उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख डीपी अर्यालसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रुबीकुमारीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित महानुभावहरूको उपपस्थिति थियो ।