महासंघको निर्वाचन रोक्न अदालतको आदेश


काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न आदेश दिएको छ । चैत २९ र ३० मा हुने भनिएको निर्वाचन अदालतले रोक्न आदेश दिएको हो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलाशले अन्तिरिम आदेश जारी गरेको हो ।