नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैकको प्रक्षेपण


काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि ४.६ प्रतिशत रहेको थियो ।

मध्यपूर्वमा जारी द्वन्द्व तथा सन् २०२५ सेप्टेम्बरमा भएको अशान्तिको प्रभावका कारण आर्थिक गतिविधिमा सुस्तता आएको जनाइएको छ ।

यद्यपि, समग्र आर्थिक परिदृश्य भने सुधारोन्मुख देखिएको छ । पुनर्निर्माणका कार्य, तीव्र रूपमा विस्तार भइरहेको जलविद्युत् क्षेत्र तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनले आगामी वर्षहरूमा अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ ।

यसअनुसार आर्थिक वर्ष २०२६/२७ र २०२७/२८ मा नेपालको आर्थिक वृद्धिदर औसत ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।