कोरोना संक्रमणबाट विराटनगरका एक बृद्धको मृत्यु


विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । उनी विराटनगर महानगरपालिका वडा नम्बर ५ आर्दशनगरका बासिन्दा हुन् ।

लगातार ज्वरो आउने, सास बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई सोमबार विहान कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दासले उनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् । स्वाब लिएर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ आएको थियो ।
उनको कुनै ट्राभल हिस्ट्री नभएको समेत अस्पतालले जनाएको छ ।