पोखरा । पोखराको फेवाताल किनारमा ६५ मिटर भित्र मापदण्ड मिचेर बनाइएका संरचनाहरु भत्काउन सुरु गरिएको छ । शनिबारदेखि मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको हो ।
यसअघि सर्वोच्च अदालतको फैसला बमोजिम पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकार सहितको सहयोगमा तालको सिमाङ्कन गर्ने, जग्गाको वर्गिकरण गर्ने लगायतका कामहरु सम्मन्न गरिसकेको थियो।
यसैको आधारमा शनिबारदेखि पोखरा महानगरले संघीय सरकारको सहयोगमा मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको हो ।
पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ । वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो । संरचना भत्काउन थालेपछि केही स्थानीयले भने विरोध गरेका छन् ।
केही दिनअघि प्रधानमन्त्री बालेन साहले पोखराका मेयर धनराज आचार्यलाई टेलिफोन गरी यस विषयमा कुराकानीसमेत गरेका थिए ।

प्रतिक्रिया