ऋषि कट्टेल ।
मानिसहरुलाई के लागिरहेको छ भने बालेन सरकार जनप्रिय र लोकतान्त्रिक सरकार हो । झण्डै दुई तिहाई मत ल्याएको हुँदा यो बलियो सरकार हो । तर यो वास्तविकता हैन । बालेन सरकार भाद्र घटनाको दोस्रो अध्याय मात्र हो । भाद्र घटना प्रायोजित कु हो र सुशीला सरकार अवैधानिक कठपुतली सरकार हो । यस्तो अवैधानिक सरकारले गराएको निर्वाचन स्वतःअवैधानिक छ । दोस्रो कुरा हत्या र आतंकको आडमा विपक्षलाई जेलहालेर सेनाले गराएको प्रायोजित निर्वाचनको संवैधानिकता र निष्पक्षता दुबै छैन । यस्तो निर्वाचनको मतलाई जनप्रिय मत भन्नु र यस्तो सरकारलाई लोकतान्त्रिक सरकार भन्नु भ्रम मात्र हो ।
जहाँसम्म दुई तिहाई नजिकको बलियो सरकारको प्रश्न छ नेपालको निर्वाचनको इतिहासमा यस्ता सरकार पटक पटक बने । १५ सालमा विपीको सरकार त दुई तिहाइकै थियो । कति चल्यो ? २०४८ मा काँग्रेसको स्पष्ट बहुमत थियो । ५६ म ापनि काग्रेसको बहुमत थियो । ६५ मा वहुमत नभए पनि सेना सहितको देशको इतिहासमा सबैभन्दा बलियो प्रचण्ड सरकारको हालत के भयो । ७४मा माके एमाले मिलेको झण्डै दुई तिहाइको सरकार नेपालीले देखेकै हुन् । पछिल्लो पटक काँग्रेस एमाले मिलेको झण्डै दुई तिहाईको सरकारको हालत के भयो सबैका सामु छ । स्मरणीय छ यी सबै निर्वाचनहरु संवैधानिक र राष्ट्रिय सहमतिमा नै भएका थिए । तर अहिले निर्वाचित संवेैधानिक सरकारलाई हत्या र आतंकको आडमा कु गरेर असंवैधानिक सरकार खडा गरेर सेनाले गराएको चुनावमा न राष्ट्रिय सहमति छ न संवैधानिकनै छ ।
भाद्र २४ पछि यो संविधान स्वतः समाप्त भैसकेकोछ । यो चुनाव भनेको महेन्द्रले २०१७ सालमा कु गरेर गराएको निर्दलीय पंचायती चुनाव जस्तै हो । संसदवादीहरु बीच शत्रुतापूर्ण अन्तरविरोध र क्रान्तिकारी शक्तिहरुले बहिस्कार गरेको यो निर्वाचनबाट वनेको सरकार इतिहासकै सबैभन्दा घृणित र कमजोर सरकार हो ।
यो आफैँ एकदिन पनि चलन सक्दैन । सेना र विदेशी शक्तिको आड रहँदासम्म मात्र यसको आयु रहन्छ । यसैले यो सरकार लोकतान्त्रिक हैन । बालेन सरकार रास्वपाको आवरणमा सेना नियन्त्रित निर्दलीय चरित्र बोकेको तानाशाही सरकार हो । ट्रेड युनियन खारेजी, विद्यार्थी संगठनहरु खारेजी गर्ने जस्ता निरंकुश सत्ता चलाउने घोषणा उसले गरिसकेको छ । विपक्षीलाई थुन्ने, धम्क्याउने, नियोजित रुपमा संजालमार्फत चरित्र हत्या गर्ने जस्ता तानाशाही चरित्र यसले देखाइसकेको छ । अदालत, प्रेस, जस्ता निकायहरु आतंकित बनेका छन् ।
पुलिसलाई जवरजस्ती नक्कली मुद्दा लगाउन बाध्य पारेको छ । यसको १०० बुँदामा कहीँकतै देशकोे स्वाधिनताको रक्षा गर्ने योजना छैन । भारतले लिपुलेकबाट व्यापार गर्नै घोषणा गर्दा चुप बसिरहेछ । अब यसले छिटै एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गर्ने छ । यसकारण बालेन सरकार इतिहासकै कठपुतली सरकार बन्ने दिशातिर अग्रसरछ । यस्तो सरकारलाई, लोकपृय, लोकतान्त्रिक र बलियो सरकार भन्नु केवल भ्रम हो ।

प्रतिक्रिया