काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको लेटरप्याड प्रयोग गरी अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बेठकले पार्टीको लेटरप्याड प्रयोग गरी अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराउँदै आगामी दिनमा यस्तो कार्य गरेमा कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ, ‘विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ । साथै, अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णय गर्दछ ।’
पार्टीका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए ।
त्यस्तै बैठकले निर्वाचनमा भएको अन्ले निर्वाचनमा भएको अन्तरघातबारे हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेकाले र उजुरीहरुलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पुर्याउने निर्णय गरेको छ ।
बैठकले छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) माग गर्ने निर्णय गरेको छ । त्यस्तै निर्वाचनमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन बैठकले निर्देशन दिएको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नगनिरे सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।


प्रतिक्रिया