काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ ।
तिमल्सिनालाई मंगलबार बिहान करिब ११ बजे सादा पोसाकमा आएका प्रहरीले अनामनगरबाट पक्राउ गरेका थिए । उनलाई त्यसपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्याइएको थियो। सरकारको आलोचना गरेको भिडियोका कारण आफूलाई नियन्त्रणमा लिएको तिमल्सिनाले बताएकी छन् ।
प्रहरीले आइन्दा सरकार विरोधी भिडियो नबनाउन चेतावनी दिँदै लिखित कागज गराएको उनले बताएकी छन् ।

प्रतिक्रिया