फिल्म ‘आ बाट आमा २’मा विपना, पलपछि आकाश अनुबन्धित


काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो। फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए ।

आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यो फिल्मका लागि विपना थापा, पल शाहका अलवा आकाश श्रेष्ठको रहने छन्। यस बाहेक अन्य कलाकारको बारेमा निर्माण पक्षले केही खुलाएको छैन। बैशाखबाट छायाँकनमा निस्किने तयारीमा रहेको यस फिल्मको कथा निर्देशक पन्तले नै लेखेका हुन्।

हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’ले १३ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेको हुन्।