काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन् । बिहीबार आयोजित समारोहमा उनले आदिकवि भानुभक्त आचार्यको पहिचानसँग जोडिएको परम्परागत बिर्खे टोपी लगाएर शपथ लिँदै नेपाली मौलिक संस्कृति प्रति सम्मान प्रकट गरेका हुन् ।

शपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आधुनिक विकाससँगै आफ्ना परम्परा र संस्कृतिलाई जोगाउँदै अघि बढ्नुपर्ने सन्देश दिन खोजेको बताए।
ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञका रूपमा परिचित न्यौपानेले अब सक्रिय राजनीति मार्फत विकास निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया