काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ । पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गरेको हो । राखेपको यो निर्णयसँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा ३ महिना निलम्बनमा परेको हो ।



प्रतिक्रिया