काठमाडौं । नख्खु कारागारका जेलर सत्यराज जोशीले डर त्रास देखाई रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट लगिएको बयान दिएका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष जोशीले आफूलाई अत्यधिक डर देखाई जीवनमरणको त्रासमा पारेर अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बयान दिएका हुन् ।
जनआस्थाबाट प्राप्त प्रतिवेदनमा भनिएको छ– ‘म र प्रशासनिक कर्मचारीहरु मनोसामाजिक अपांग बन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं । सो क्रममा भीडले मलाई अत्यधि डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो ।’
उनले पत्रको विषयवस्तुबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । जोशीले हस्ताक्षर आतंकपूर्ण अवस्थामै आफूलाई हस्ताक्षर गराइएकाले पत्रको बैधानिक हैसियत नहुने उनले बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, ‘उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।’
जोशीले भदौ २४ गते दिउँसो १ बजेर ४० मिनेट जाँदा रवि लामिछाने छोड भन्ने नारासहित कारागारको गेटमा ढुंगामुढा र तोडफोड गरिएको बयान दिएका छन् ।

प्रतिक्रिया