बालेनले साइत देखाएर प्रधानमन्त्रीको शपथ लिन लागेकोमा अर्थमन्त्री खनालको कटाक्ष


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो । प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिने तथा १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यस्तै उनले शपथ लिएपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्ने बताइएको छ । यसरी साइत हेरेर शपथ लिने र पदभारग्रहण लागिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालले असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन ! । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’