टेनिस खेलाडी छनोट


काठमाडौँ । आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट ६ खेलाडी छनोट भएका छन् ।

नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन् ।

छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, आर्या पौडेल र नायरासि घले रहेकी छन् ।

पुरुषमा सात र महिलामा छ खेलाडी छनोटमा सहभागी भएका थिए । प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।