विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडनु उपयुक्तः चन्द्र भण्डारी


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत भण्डारीले बहुमतको सरकार बनिरहेको बेला विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ-जनताले पताइसकेका छन् । विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि। अब लामो सास नफेर ! सल्लाह पनि नखोज ! ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँ नजिर बन्न सक्दछ । ‘स्वाभिमान ‘-दौरा-सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बढाएको ‘कर्तुत’ होइन।’