काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरू बोलाइएको छ । यसअघि गत शुक्रबारदेखि सुरु भएर आइतबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो ।
मंगलबार सभापति थापाकै सभापतित्वमा बैठक बस्ने बताइएको छ । बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने बताइएको छ ।

प्रतिक्रिया