निर्वाचन सम्पन्न भएकामा चीनको बधाई


काठमाडौँ । चीन सरकारले नेपालमा संघीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।

चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।

चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।