निर्वाचनमा पराजयबारे यस्तो छ कांग्रेस उपसभापति शर्माको प्रारम्भिक समीक्षा प्रतिवेदन(पूर्णपाठ)


काठमाडौँ । नेपाली कांग्रेसले चुनावी हारको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १४ पृष्ठको प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा निर्वाचन परिणाम र पराजयका कारणबारे विश्लेषण गरिएको छ ।

उनले निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारले काम गर्न नसक्नुले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन नसकेको उल्लेख गरेका छन् ।

त्यस्तै प्रतिवेदनमा कांग्रेस–एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नुलाई पनि निर्वाचनमा हारको कारण उल्लेख गरिएको छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी जम्मा ३८ सिट मात्र जित्न सफल भएको थियो ।