शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको विदेशमन्त्री वाङको भनाई


बेइजिङ । चीनका विदेशमन्त्रीले आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताएका छन् । उनले मध्यपूर्वमा युद्धविरामको आह्वान गरेका छन् ।

बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि अमेरिका–इजरायली आक्रमणको निशाना बनाइएको छ, तर उसले अमेरिकी सैन्य अखडाहरू रहेका खाडी राष्ट्रहरूविरुद्ध तेहरानले गरेको आक्रमणको पनि आलोचना गर्दै आएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बेलायती विदेशमन्त्री यवेट्टे कुपरलाई आफूहरूले शान्तिका लागि निरन्तर कदम चाल्नुपर्ने बताएका छन् ।
‘अन्तर्राष्ट्रिय व्यवस्थामा थप क्षति र विश्व शान्तिको जगको क्षय हुनबाट रोक्न’ आफुहरू मिलेर काम गर्नुपर्छ,” वाङले कूपरसँग भने । वाङले भने, “लामो द्वन्द्वले कोही विजेता हुन सक्दैन ।”

युद्ध सुरु भएयता बेलायतको पहिलो मन्त्रीस्तरीय भ्रमणका क्रममा कुपरले गत साता साउदी अरबको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्वमा बेलायतको समर्थन नरहेको भन्दै प्रधानमन्त्री केइर स्टार्मरसँग दुःखेसो पोखेका थिए ।

बेलायतका विदेशमन्त्री कपुरले सोमबार बेलायतले आफू र आफ्ना सहयोगीहरूको रक्षाका लागि आवश्यक कदम चालेको तर बृहत् युद्धमा नतानिने बताएका थिए ।

स्टार्मरले बेलायतले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नको लागि ‘व्यावहारिक’ योजनाको लागि सहयोगीहरूसँग काम गरिरहेको छ, तर त्यहाँ नेटो मिशनको प्रयोगलाई अस्वीकार गरे ।