मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुगेको डब्ल्युएचओको भनाई


जेनेभा । बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बताएका छन् ।

मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ।

समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो।

“भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ ।
“विश्वासको रक्षा गर्नु र गलत सूचनाको सामना गर्नु सङ्गठनको सन् २०२६ मा प्रमुख लक्ष्य हुनेछ,” समूहले बताएको छ।

डब्ल्यूएचओका खोप प्रमुख केट ओब्रायनले यस वर्ष खास खोप कार्यक्रमहरूको तैनाथीकोे लागि संसाधनहरू लक्षित गरिने बताए ।

“हामी सङ्क्रामक रोगहरू र खोप कार्यक्रमहरूका लागि साँच्चिकै गहिरो परिवर्तनशील संसारमा छौँ”, उनले भने, “द्वन्द्व, आर्थिक चुनौती र स्वास्थ्य बजेटमा कटौती भइरहेको छ।”

खोपमाथिको विश्वास गलत सूचनाका कारण खतरामा परेको उनले बताए । अमेरिकी स्वास्थ्य प्रमुख रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि खोप विरोधी बयानबाजी र खोप तथा अटिजमसँग सम्बन्धित गलत दाबीहरूविरूद्ध आवाज उठाउँदै आएका छन् ।

डब्ल्यूएचओले डिसेम्बरमा जारी गरिएका सबै उपलब्ध प्रमाणहरूको समीक्षाले संयुक्त राज्य अमेरिका र बाहिर प्रचार भइरहेको सिद्धान्तको विपरीत खोप र अटिजमबीच कुनै सम्बन्ध छैन भनेर पुष्टि गरेको थियो ।
उनले विगत ५० वर्षमा खोपले १५ करोड ४० लाखको ज्यान बचाएको र खोपमार्फत ३० भन्दा बढी रोगबाट बच्न सकिने बताए ।