गगन थापाले दिए पार्टी सभापतिबाट राजीनामा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले निर्वाचन परिणाम पार्टीका पक्षमा नआएपछि राजीनामा दिने बताएपछि नेताहरुले राजीनामा नदिन दबाब दिएका थिए । तर पार्टीका देउवा पक्षीय नेताहरुले भने उनको राजीनामा माग्दै आएका थिए । उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेसले शुक्रबार निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएकाले त्यसअघि नै उनले राजीनामा दिएका हुन् । पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए । निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोरेको छ भने उनी आफैंसमेत पराजित भएका छन् ।