रामकृष्ण ढकाल र रचना रिमालको ‘सुनैको सपनी’


काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ ।

बुधबार एक कार्यक्रमकाबीच ओएसआर डिजिटलमार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीतमा वर्षा राउत र विजय बराल फिचर्ड रहेका छन् भने स्वर रामकृष्ण ढकाल र रचना रिमालको रहेको छ । गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् ।

चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, बेदना कर्मचार्य, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् ।

‘मालती मंगले’ आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।