चुनावको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । निर्वाचनमा हार बेहोरेको कांग्रेसले चुनावी समीक्षाका लागि बैठक बोलाएको हो ।