हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जना एक करोड १६ लाख नगदसहित पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंको भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई एक करोड १६ लाख नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन् । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता पवनकुमार भट्टाईले जानकारी दिए ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।