–सुरेश आचार्य ।
‘आदर्श’ भन्ने व्यक्ति किन खराब हो ? कुनै अयोग्य, अनैतिक र अपराधी हुन् र ? होइन उनी ‘अनादर्श’ हुन् र ? नत्र कम्प्युटर अपरेटर वा कनिष्ठ हुँदैमा प्रकृति कोषको अध्यक्ष हुन किन नमिल्ने ? पूर्व प्रधानमन्त्री सुशिल कोइराला पनि तत्कालिन परराष्ट्रमन्त्री डा. तुलसी गिरीको स्वकीय सचिव नै हुनुहुन्थ्यो । रिपोर्टर, कम्प्युटर अपरेटर, नायवसुव्वा, स्वकीय सचिव आदिले पहिले राजनीतिक नियुक्ति पाएका थिएनन् र ? अझ, कोष मालदार संस्था भएकोले ‘आदर्श’ लाई दिनु नहुने तर्क पनि सामाजिक संजालमा देखें ।
आदर्श श्रेष्ठको आधारभूत योग्यता नै पुग्दैन भने मेरो तर्कअनुसार नहोस्, तर एउटा युवा उमेरलाई सो पद नदिएर के भूपू नेता, पूर्व सचिव वा कर्मचारीलाई दिनु पर्ने ? संसदमा अधिकांश युवाहरूले जितेर आएको बेला किन बूढाहरूलाई नै उक्त नियुक्ति दिनु पर्ने ? यो आशयको कुरा मलाई चित्त बुझेन ।
प्रधानमन्त्री सुशीला कार्कीको ‘प्रेरोगेटिभ’ को कुरो हो । कतै प्रधानमन्त्रीको ‘प्रेरोगेटिभ’ चुनौती गर्ने मकसदले पो हिजोका ‘आदर्श’ लाई आज ‘अनादर्श’ portray गरिन थालेको हो कि ? परीक्षण खोजेको हो भने भूतपूर्व वा रिटार्यड जत्था मात्रै फेला पर्ने भए ? हामीले हाम्रो mindset मै परिवर्तन गर्नु पर्ने देखिन थाल्यो । ३६ वर्षका बालेन प्रधानमन्त्री हुन लागेको बेलामा यो पुस्ताको कुरा आइरहेछ, किन ? बरू, राजदूतहरू र अन्य सबै राजनीतिक रूपमा नियुक्त हुने राज्यका निर्णयाधिकारी पनि अब युवा नै हुनुपर्छ । सेनाको क्याप्टेनले अफ्रिकामा राज्य चलाएकोमा उनलाई आदर्श मान्नेले नै नेपाली ‘आदर्श’ को विरोधको गुह्य कुरा मैले बुझिन है !

प्रतिक्रिया