जाँदाजाँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई ‘पुरस्कार’


काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक कार्कीले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।

उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई मनोनित गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ।