पितृशोकमा रहेका ओलीलाई गुण्डु पुगेर दिइन् प्रधानमन्त्रीले समवदेना


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन् । पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई समवेदना दिन प्रधानमन्त्री आइतबार उनको निवास पुगेकी हुन् ।

प्रधानमन्त्री कार्की उनका पति दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन् । एमाले अध्यक्ष ओलीको बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।