रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम आयोगमा सिफारिस


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले पठाइएका नाम भने रुजुपछि आयोगले नै सार्वजनिक गर्ने बताए । उनले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको जानकारी ।