रास्वपाले भन्यो-सरकार गठन हुन अझै १० दिन लाग्न सक्छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारमा जाने मन्त्रीहरुकाबारेमा पार्टीमा कुनै छलफल नभएको बताएको छ । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताएका हुन् ।

उनले निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन नै नबुझाएकाले अहिले मन्त्रीका विषयमा छलफल सुरु नभएको बताए । उनले भने, ’औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क–कसले लिने भन्ने विषयमा छलफल भएको छैन ।निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’

सरकार गठनको तयारी भने माघ ५ गते वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री घोषणा गरेको दिनदेखि नै शुरू भएको बताए । रास्वपाले आज समानुपातिकतर्फका सांसदको नाम टुंग्याउने तयारी गरेको छ ।