इरानलाई हतियार बिसाउन ट्रम्पको चेतावनी


वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानाहरूलाई नष्ट गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा भनेका छन्, ‘अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको  छ । मैले उक्त द्वीपको तेलसम्बन्धी संरचनाहरूलाई नष्ट नगर्ने बाटो लिएको छु। तर यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटको माध्यम भएर हुने जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावतमा हस्तक्षेप गर्छ भने म तुरुन्त मेरो निर्णयमा पुनर्विचार गर्नेछु।’

उनले इरानलाई हतियार बिसाउन र ‘आफ्नो देशका बचेखुचेका कुराहरूलाई जोगाउन’ पनि भनेका छन् ।
इरानी तटबाट २२ माइलको दूरीमा खाडीको उत्तरी क्षेत्रमा अवस्थित उक्त द्वीप सानो तर रणनीतिक स्थान हो ।