कतारस्थित नेपाली दूतावासको आग्रहः घर फर्किन चाहनेले सम्पर्क गर्नु


काठमाडौँ । कतारस्थित नेपालीलाई राजदूतावासले मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने नेपालीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । दोहास्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी घर फर्किन चाहेमा सम्पर्क गर्न आग्रह गरेको हो ।

राजदूतावासले कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ।

यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ।