महावीर पुनको चुनावी खर्च २८ लाख, खाना बस्नका लागि मात्र १३ लाख


काठमाडौँ । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् । म्याग्दी क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जानकारी गराएका छन् ।

निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम होटलमा खाना बस्नका लागि खर्च भएको देखिन्छ ।

यो शीर्षमा उनले १३ लाख सात हजार ६१९ खर्च गरेको उल्लेख गरेका छन् । यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरेको पुनले उल्लेख गरेका छन् ।