काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे कैद सजाय भुक्तान गरी रिहा भएका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भइ थुनामा रहेका मनाङे बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । उनी २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए ।
२०६१ वैशाख ३१ गते काठमाडौँको महाराजगञ्जमा खुकुरी हानेको अभियोगमा मनाङेलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । उनले भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद पूरा गरेर बुधबार रिहा भएका हुन् । पटक पटक गरेर त्यसअघि नै २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए ।
उनी उक्त मुद्दामा दोषी ठहर भएसँगै गण्डकी प्रदेशको सांसद पदबाट पनि निलम्बित भएका थिए । मनाङे प्रदेश सभाको दुई कार्यकाल मन्त्री भएका थिए ।

प्रतिक्रिया