रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनमा उनले चुनावी खर्च विवरण बुझाएका हुन् ।

चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।

उनले यातायतमा २ लाख ९५ हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख १२ हजार, खाद्यान्न र रासन खरिदमा एक लाख ९६ हजार, गोष्ठी भेलामा एक लाख ८० हजार, नमुना मत पत्र छपाईमा ६८ हजार १६१, मतदाता प्रशिक्षणमा १४ हजार २००, वडा स्तरीय प्रचारमा ४६ हजार, ब्यानर स्टिकरमा ५५ हजार, हवाई खर्च १३ हजार ६२६ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।